छुरा प्रहारबाट युवकको हत्या , छुरा प्रहार गर्ने दुई जना पक्राउ
शुक्रबार बिहान टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा एक युवकमाथि छुरा प्रहार भएको थियो।
छुरा प्रहारबाट २५ वर्षीय आषिश मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। मगर पेन्टिङको काम गर्थे।
उनीमाथि छुरा प्रहार गर्ने दुई जना पक्राउ परेको छ। प्रवक्ता राठौरका अनुसार दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका हुन्। अन्य दुई जना अझै फरार छन्।
ुउनीहरूबीच झडप भएको र छुरा घोप्नु पर्ने कारण खुलिसकेको छैन। अनुसन्धानको विषय छ,ु प्रवक्ता राठौरले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस