बनेपाको जङ्गलमा पुरुषको शव फेला
बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।
शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस