पूर्वराज्यमन्त्री खोभारी राय जुवाखालबाट पक्राउ
पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।
यसअघि, मन्त्री नियुक्त भएपछि घरको छतबाट बन्दुक पड्काउँदा यादव विवादमा आएका थिए । शेरबहादुर देउवा, लोकेन्द्र बहादुरा चन्द र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस