गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ ।
नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आज बिहान खेतमा तोरी छर्न जाने क्रममा उहाँलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस