• जीवनशैली | Jiwanshaili
  • मिर्गाैला रोगबाट विद्यार्थीको मृत्यु


    झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ ।

    परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान मृत्यु भएको हो । गत शनिबार स्वास्थ्य अवस्था नाजुक बनेपछि तत्काल उपचारका लागि उनलाई भारतको सिलिगुढीस्थित निउटिया अस्पताल लगिएको थियो ।

    उनी धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी मेचीनगर–९ की निर्वाचित वडा सदस्य लक्ष्मी परियारकी छोरी हुन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार