हुम्लामा बुधबारदेखि विद्यालय सञ्चालनमा आउने
सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आज एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ ।
उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो बढी हुने भएका कारण मङ्सिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने भएका कारण आज बसेको गाउँकार्यपालिकाको बैठकले यही कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गर्ने अनुमति दिएको हो ।
कार्यपालिका पदाधिकारी र गाउँपालिकामा कार्यरत शिक्षकको उपस्थितमा बसेको बैठकले विद्यालय सञ्चालनका लागि अनुमति दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो । गत चैतदेखि कोरोना कहरले सो गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत २८ विद्यालय बन्द रहेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस