• जीवनशैली | Jiwanshaili
  • समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी


    जिल्ला प्रहरी कार्यालय प्युठानले विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम गर्दै आएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङघ-संस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्दै आएको हो । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रीत सचेतनामुलक कार्यक्रम गरिएको छ ।

    जिल्लालाई अपराध मुक्त बनाउन, सभ्य समाज निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । कार्यक्रममार्फत अघिल्लो आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा घरदैलो अभियान गरिएको थियो ।

    उहाँले हालसम्म जिल्लाका ४५ हजार १० घरधुरीमा प्रहरी पुगिसकेको बताउनुभयो । प्रहरी समुदायमा पुगेपछि जनतासँग प्रत्यक्ष भेटघाटसँगै उनीहरुको तथ्याङ्क राख्नुका साथै कानूनले बञ्चित गरेका कुरा गर्नुहुदैँन भनेर सम्झाउने गरिएको छ ।
    त्यस्तै चालु आर्थिक वर्षमा कोरोना सङ्क्रमणका कारण घरदैलो कार्यक्रम रोकिए पनि समुदाय केन्द्रित कार्यक्रम गरिएको छ । सोअन्र्तगत सड्क दुर्घटना न्यूनिकरण, बालविवाह न्यूनिकरण, कोरोना नियन्त्रणलगायत जनचेतनामुलक कार्यक्रम गरिएको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार