• जीवनशैली | Jiwanshaili
  • घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी जवान पक्राउ


    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले यहाँबाट आज प्रहरी नायब निरीक्षक सिकिन्दर कामेतलाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

    बरादम मोटरसाइकल छाड्नका लागि रु ५० हजार लिएको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा कार्यरत प्रनानि कामेतलाई पक्राउ गरिएको हो । दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

    ‘स्टिंग अपरशेन’ भइरहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले आयोगको इटहरी कार्यालयले स्टिंग अपरेशनको सहजिकरणका लागि सहयोग माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली भन्सार कार्यालय पठाइएको बताउनुभयो ।

     

    साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

    प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १७ हजार ६०० घुस लिएको अभियोग लागेको छ ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आरोपी चौहानलाई गौशाला नगरपालिका २ निगौलचोकबाट पक्राउ गरिएको हो ।

    यस्तै आयोगले प्रहरीचौकी तिलाठी सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रदान कानुले रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।बरामद गरी चौकीमा राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको

    अभियोग उनमा लागेको छ । आरोपी कानुनलाई तिलाठी कोइलाठी गाउँपालिका १ बेल्हीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार