बन्दाबन्दीमा फुरेको उद्यमको सोच
गत चैतअघिसम्म कमल राना पोखरामा बस्नुहुन्थ्यो । त्यहाँ रहँदा प्रदेशसभा सदस्य पियारी थापाको स्वकीय सचिवका रुपमा काम गर्नुभयो । एकाएक कोभिड–१९ को सन्त्रास छायो । मुलुकभर बन्दाबन्दी भयो ।
स्थिति असामान्य बनेपछि रानाले पोखरा छाड्ने निर्णय लिनुभयो । बन्दाबन्दीपछि जैमिनी नगरपालिका–७ जैदी, बोरस्थित घर फर्कनुभएका रानाले केही समय फुर्सदमा बिताउनुभयो । महामारीले सिर्जित अन्योलबीच उहाँमा नयाँ सोच फु¥यो । अब पोखरा नजाने, गाउँमै केही गर्ने ।
त्यसकै परिणाम ‘जैदी माछापालन, कृषि तथा पशु फार्म’ले जन्म लियो । बन्दाबन्दीमा लामो समय घर बस्नुप¥यो, त्यही बेला व्यवसायतिर लाग्ने योजना बनाएँ”, २५ वर्षीय रानाले भन्नुभयो । उहाँ अहिले स्वकीय सचिवको जिम्मेवारीबाटसमेत मुक्त भइसक्नुभएको छ ।
रानाले नगरपालिका र कर कार्यालयमासमेत फार्म दर्ता गरी व्यवसायलाई गति दिनुभएको हो । वार्षिक रु ६० हजार भाडामा साढे पाँच रोपनी जग्गा लिइ माछा र बङ्गुरपालन थालेको उहाँको भनाइ छ । दुई वटा पोखरीमा गत असारमा राखेका चार हजार ७०० माछा अहिले हुर्किरहेका छन् ।
पोखरीमा कमन ग्राफ, नैनी र सिल्भर जातका माछा छन् । अर्को पोखरी पनि थप्ने रानाको योजना छ । आउँदो माघ-फागुनतिर माछा बेच्न योग्य हुनेछन् । ५० वटा बङ्गुर पाल्नका लागि राना अहिले खोर निर्माणमा जुट्नुभएको छ । खाली रहेको जग्गामा केरा खेती पनि छ । माछा र बङ्गुरपालनसहित व्यावसायिक कृषि खेतीलाई पनि विस्तार गर्ने सोचमा छु”, उहाँले भन्नुभयो । घरदेखि एक घण्टाको दूरीमा रहेको बेलबगरमा रानाको फार्म छ । त्यहाँ उत्पादित माछा, पशु र कृषिजन्य उपज नगरपालिकाको केन्द्र कुश्मीसेरा, गुल्मीको पूर्तिघाट, बरेङलगायत बजारमा खपत हुने उहाँले बताउनुभयो ।
फार्म निर्माणमा हालसम्म रु सात लाख जति लगानी भइसकेको छ । आधा आफैँ र आधा ऋण खोजेर लगानी गरेको रानाले बताउनुभयो । “अहिले घरकै सदस्यले काम धानेका छौँ, बुबा, दाइ, भाउजु सबैको सहयोग छ उहाँले भन्नुभयो । व्यवसाय विस्तार हुँदै गएमा अरुलाई पनि रोजगारी दिने रानाको योजना छ । अहिले माछालाई दानाबाहेक मासिक खर्च पनि खासै धेरै छैन ।
गाउँमै स्वरोजगार बन्ने उद्देश्यले रानाले शुरु गरेको व्यवसायप्रति घरपरिवार र छिमेकीसमेत खुशी छन् । बुबा उजिरसिंहले छोराको मेहनत देखेर व्यवसाय राम्रै हुने विश्वास जागेको बताउनुभयो । रानाले केही समय सदरमुकाम बागलुङ बजारमा बसेर पत्रकारितासमेत गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस