अपहरण अभियोगमा कारागार चलान
जिल्ला अदालतबाट मानव अपहरण मुद्धामा दुई वर्षअघि १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएका फरार अभियुक्त नरेश मेचे पक्राउ परी कारगार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार मेचीनगर नगरपालिका वडा नं १२ निवासी अभियुक्त मेचेलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालतको आदेशले अभियुक्तलाई कैद सजायका लागि आइतबार चन्द्रगढी कारागार चलान गरिएको हो । सुनिलकुमार अग्रवालको जाहेरीले मानव अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा निज मेचेलाई २०७५ फागुन २७ गते अदालतले कैद तथा जरिवाना सजाय तोकेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस