नयाँ धान खरिद शुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिद कार्य आजबाट शुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले गरेको निर्णयबमोजिम किसानको धान खरिद कार्य शुरु गरिएको कार्यालयका प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाको मोहनपुर र टीकापुरमा रहेको कम्पनीको आफ्नै गोदाममा काँटा सञ्चालन गरी आजैबाट नयाँ धान खरिद शुरु गरिएकामा सत्ती, भजनी र जोशीपुरमा एक÷दुई दिनमा खरिद कार्य शुरु हुन लागेको श्रेष्ठले बताउनुभयो ।
सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले नयाँ धान खरिद गर्न लागेको हो । सरकारले मोटो धान प्रति क्वीन्टल रु दुई हजार ७३५ समर्थन मूल्य तोकेको छ । कम्पनीले यस वर्ष छ हजार ५०० मे।टन ९६५हजार क्वीन्टल० धान खरिद गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५०हजार क्वीन्टल धान खरिद गरिएको थियो ।
कम्पनीले धान खरिदको व्यवस्था समयमै नगर्दा आजसम्म स्थानीय साना किसानलाई घर खर्चको व्यवस्था गर्नका लागि प्रति क्वीन्टल रु दुई हजारमा व्यापारीलाई बिक्री गर्नुपर्ने वाध्यता रहेको थियो । सरकारी कार्यालयले समयमै धान खरिदको व्यवस्था नगर्दा आफूले दशैँमा घर खर्च जुटाउनका लागि व्यापारीले भनेको भाउमा धान बेच्न बाध्ष् भएको धनगढीका किसान रामदीन चौधरीले गुनासो गर्नुभयो ।
अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा धान उत्पादन गत वर्ष भन्दा वृद्धि भएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले डुबानबाट प्रभावित क्षेत्रबाहेक जिल्ला भरीको उत्पादन यस वर्ष गत वर्षभन्दा केही वृद्धि भएको अनुमान गरिएको बताउनुभयो ।
डुबानको समस्याका कारण भजनी र जानकीनगरलगायतका क्षेत्रमा गरिएको जग्गाको धानवाली नष्ट भएको थियो । जिल्लामा झण्डै ७० हजार हेक्टर जग्गामा वर्षे धान खेती हुँदै आएकामा उत्पादकत्व प्रति हेक्टर तीन दशमलव पाँच मे।टन रहेको छ ।
–––
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस