ढिस्कोमा पुरिएर तीन किशोरी घाइते
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा आज बिहान माटोको ढिस्कोमा पुरिएर तीन किशोरी घाइते भएका छन् ।
घर पोत्ने माटो लिन स्थानीय किचाँही जङ्गलमा गएका किशोरी माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।
घाइते हुनेमा कृष्णपुर–४ बालुवाटारकी १६ वर्षीया कृपा सिंह, १७ वर्षीया कमला धामी र कैलालीको गोदावरी नगरपालिका–११ की मीना ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।
गोदावरीकी ठगुन्ना आफन्तको घरमा आएका बेला माटो लिन गएका बेला घाइते भएकी हुन्”, प्रवक्ता थापाले भन्नुभयो, “घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।”
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस