फिलिपिन्समा आँधीबाट १६ जनाको मृत्यु
फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन् । दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा शक्तिशाली आँधी आएको छ ।
सो आँधीका कारण अल्बे प्रान्तका मात्र १० जनाको ज्यान गएको बताइएको छ । यहाँको क्यान्डुआनेस टापुमा अरु केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यहाँको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ । यस क्षेत्रका मात्र करिब चार लाख सर्वसाधारण विस्थापित भएका फिलिपिन्सको विपद व्यवस्थापन विभागका कर्मचारीले जनाएका छन् ।
यस आँधीबाट बिस्थापितहरु अधिकांश सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन् ।
यो आँधी करिब २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ । यसले यहाँका विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको सरकारी अधिकारीहरुले जनाएका छन् । आँधीका कारण पहाडी क्षेत्रमा पहिरो समेत गएको छ । यसका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका बताइएको छ ।
गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औं आधी रहेको मौसम विभागले जनाएको छ । केही दिनमात्र पनि यहाँ आएको मोलाभ आँधीमा परेर २० जना भन्दा बढीको मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस