• जीवनशैली | Jiwanshaili
  • पहिरो पीडितलाई खाद्यान्न सहयोग


    सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ र ८ स्थित तिपेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लव अफ काठमाडौ फेलोसिपले २२ घर परिवारलाई चामल, दाल, नुनतेललगायत खाद्यान्न तथा कम्बल वितरण गरेको फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिनुभयो ।
    उक्त सहयोग वडा नं। ८ का वडाध्यक्ष सार्की तामाङको उपस्थितिमा क्लवका थ्रि टु फाइभ ए टु गर्भनर डा सुशीला मल्लले गर्नुभएको थियो ।
    गत असारको २१ गते तिपेनीमा पहिरो जाँदा २२ घर विस्थापित भएका थिए ।
    ठूलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुँदै

    सिन्धुपाल्चोकको चौतारामा हालसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय मेयर कप तोप २१ को आयोजनामा आगामी मङ्सिर २१ गतेबाट व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा राष्ट्रिय मेन्स सिंगल विजेतालाई रु एक लाख एघार हजार एक सय ११, उपविजेतालाई रु ५५ हजार पाँच सय ५५ दिइनेछ । जिल्लास्तरीय मेन्स डबल विजेतालाई रु ४० हजार र उपविजेतालाई रु ३० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको प्रर्वद्धक चौतारा साँगाचोकगढी नगरपालिका हुनेछ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार