चीनका प्राचीन कथा पुनः प्रकाशित
पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ ।
तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको हो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देश चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत जनजीवन, लोकविश्वास, कथात्मक शैली र प्रवृत्तिसँग पाठकहरू परिचित हुने बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस