होटल छाडेर तीतेपाती खेतीमा
सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित हुनु भएको छ ।
‘तीतेपाती रोपौ एक लाख कमाऔँ’ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले दुई वर्षअघिदेखि २० रोपनी बाँझो जग्गा भाडामा लिएर तीतेपाती खेती शुरु गर्न थालेको जानकारी दिनुभयोे ।
काठमाडौँस्थित यमासो प्रा.लिमा व्यावसायिक खेतीको तालिम लिनु भएका मिनेषले ‘मिनेष तीतेपाती तथा जडीबुटी उद्योग’ नामक फर्मदर्ता गरी रू १८ हजारकोे बिरुवा लगाउनुभएको थियो ।
अहिले थप २०रोपनी जग्गामा आर्टिमिसीया र भल्गरिस जातका तीतेपाती लगाइएको र भाडामा लिएको जग्गाका लागि वार्षिक रू २५ हजार तिर्दै आएको उहाँले जानकारी दिनुभयो । बारीबाटै प्रतिगोटा रू एकका दरले तीतेपाती को बिरुवा बिक्री हुने र प्रतिकेजी रू ५० का दरले सुकेको तीतेपाती यमासो कम्पनीमै पठाउने गरेको बताउनुभएका निमेषले उक्त कम्पनीले वर्षको १० टन तीतेपाती माग गरिरहे पनि मागअनुसारको आपूर्ति गर्न नसकेको जानकारी दिनुभयो ।
अहिले छिमेकी जिल्ला भोजपुर तथा धनकुटाबाट समेत बिरुवा किन्न आउन थालेका छन्। तीतेपातीबाट नसर्ने खालका विभिन्न रोगको उपचार तथा दैनिक उपभोगमा समेत यसको महत्व बढ्दै आएको छ। उक्त व्यवसाय सञ्चालनका लागि कृषि ज्ञान केन्द्रबाट उहाँले रू ३० हजार र डिभिजन वन कार्यालयबाट रू तीन लाख आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिनुभयोे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस