बाँस, बेत र डालोको जीवन
भनिन्छ १ दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ । यस कुरालाई डालो, नाङ्लो र टपरी बनाउन जुटेको महोत्तरीको डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईवासी हिन्दू धर्मालवम्बीको प्रमुख पर्व छठपर्वको दुई साता मात्रै बाँकी रहेका बेला सधैँ खान, लाउन धौधौ पर्ने डोम जातिको मुहारमा पनि हाँसो र मनमा उल्लास छाएको छ । गरीबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौंभरि गाउँगाउँमा सुँगुर डो¥याएर चहार्ने डोम समुदायलाई अहिले छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ ।
गाँस, बास र कपासकै जोरजाममा पुस्तौँसम्म हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मनरासिस्वा नगरपालिकाका ५५ वर्षीय राजहदेव डोमले बताउनुभयो । गाउँ, शहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर सपरिवार खाने गरेको डोमले कात्तिकमा नानाथरीका परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया देवनी डोमिनले बताउनुभयो । डालो बुन्दै गर्नुभएका गौशाला नगरपालिकाकी ६५ वर्षीया मरनी डोमिनले गहभरि आँशु लिएर भन्नुभयो, “मालिक, कात्तिक लाग्नेबितिक्कै घरका शिशुदेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुशी हुन्छौँ ।” वर्षभरि काम नचल्नाले भने फेरि केही दिनपछि दुःख थपिन्छ ।
प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारले बाँसका पाँचसात भाडाकुँडा किन्नुपर्छ ।
छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वास सम्सी गाउँपालिकाका ६० वर्षीय बुधवा डोमले व्यक्त गर्नुभयो । आफूहरुले सोही कारण दिनरात बर्तालुका निम्ति बाँसका भाँडा बनाउने गरेको उहाँले सुनाउनुभयो ।
त्यस्तै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने छौँ महिनाको खर्चबर्चको जोहो गर्न जति कमाइ हुने गरेको बताउनुभयो ।
भङ्गहा नगरपालिकाका भरोसिया डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु ४०÷४५ देखि ६०÷६५ हजार र प्रत्येक परिवारले रु तीन÷चार लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो । अहिले जिल्लाको प्रत्येक पालिकाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ । परिवारका सबै बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् ।
हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकँडा पुर्याउन डोम जातिलाई सकस भएको छ । डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको छ । पछिल्ला केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँसहित पोखरा, हेटाँैडाजस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकँुडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस