• जीवनशैली | Jiwanshaili
  • सहुलियतको चामल विक्रि भएन


    दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय तुलसीपुरले सहुलियत दरमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन् ।

    चाडपर्वका समयमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्तालाई सस्तो र सुपथ मूल्यको चामल उपलब्ध गराउने योजना ल्याएपनि चामल बिक्री हुन नसकेको सो कार्यालयले जनाएको छ ।

    कार्यालयले गत भदौ २९ देखि मंसिर पहिलो हप्तासम्म सहुलियत दरमा चामल बिक्री गर्ने पसल सञ्चालनमा ल्याएपनि अहिलेसम्म सोचे अनुरुप बिक्री हुन नसकेको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिक्विन्टल रु पाँच सय सहुलियत दिइएको छ । पसलबाट एक उपभोक्तालाई बढीमा ५० किलोसम्म चामल उपलब्ध गराइने छ ।

    हालसम्म जिरा मसिनो चामल एक क्विन्टल २५ किलोग्राम तथा जापानी चामल ९० किलोमात्र बिक्री भएको निमित्त प्रमुख चौधरीको भनाइ छ । उपभोक्ताको माग भएअनुसार पछिपछि अन्य खाद्यान्न तथा तेलसमेत राखिने बताइएको छ ।

    सो चामल बिक्रीको बजार दर तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्न राखेको चामलको भाऊ उस्तै उस्तै भएकाले उपभोक्ता आकर्षित हुन सकेका छैनन् । कार्यालयले बजार मूल्यभन्दा सहुलियतमा चामल बिक्रीका लागि राखिएको छ तर सोचेजति बिक्री हुन सकेको छैन्”, निमित्त प्रमुख चौधरीले भन्नुभयो, उपभोक्तालाई जानकारी नभएर हो वा सबैको घरमा खाद्यान्न भएर हो, सहुलियत दरको चामल प्रयाप्त मात्रामा बिक्री हुन सकेको छैन् ।

    प्रतिक्विन्टल जिरा मसिनो रु.पाँच हजार एक सय, सोना मन्सुली रु. चार हजार दुई सय, जापानी चामल रु. चार हजार सात सयमा बिक्री गर्दै आएको कार्यालयले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार