ट्रम्प भर्सेस बाइडेन : कस्ले जित्ला अमेरिकी चुनाव ?
मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन उमेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट उमेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा भरहेको छ । यो सामग्री तयार पार्दासम्म डेमोक्रेट उमेदवार केही इलेक्टोरल मतले अगाडि छन् । दुई उमेदवारको विगत र राजनीतिक जीवन यस्तो छः
डोनाल्ड ट्रम्प
अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको जन्म सन् १९४६ मा भएको हो । रिपब्लिकन पार्टीको राजनितिमा आउनुअघि उनी एक रियल स्टेट व्यवसायी र टेलिभिजन प्रस्तोताको रुपमा परिचित थिए ।
ट्रम्पले युनिभर्सिटी अफ पेन्सिलभानियाको वार्टन स्कुलबाट अर्थशास्त्रमा स्नातक पास गरेका छन् । पिताको व्यवसायलाई ट्रम्प अर्गनाइजेसन नामाकरण गरी उनी रियल स्टेट व्यवसायमा होमिएका थिए । सन् १९७१ देखि सुरु भएको ट्रम्प अर्गनाइजेसनको होटल, क्यासिनो, गल्फ कोर्स लगायतमा लगानी छ ।
‘बदमास’ व्यवसायी?
ट्रम्पले गरेका व्यवसायसम्बन्धी राज्य, संघीय सरकारको तहमा ४ हजारभन्दा बढी मुद्दा र उजुरी छन् । तीमध्ये आधा दर्जन बैंकिङ कसुरसँग सम्बन्धित छन् ।
मिस युनिभर्सको मालिक
डोनाल्ड जोन ट्रम्पको व्यवसाय विभिन्न क्षेत्रमा बिस्ता भएको छ । यसैक्रममा उनले सन् १९९६ देखि २०१६ सम्म मिस युनिभर्स नामक सुन्दरी प्रतियोगिताको स्वामित्व ट्रम्पसँग थियो । त्यसैगरी ‘द एपरेन्टिस’ शीर्षकको रियालिटी टेलिभिजन सिरिजको स्वामित्व उनले सन् २००३ मा लिए ।
पपुलिस्ट नेता
राष्ट्रवाद र संरक्षणवाद ट्रम्पको राजनीतिक धार हो । यद्यपि उनलाई पपुलिस्ट नेताको रुपमा चिनिन्छ । सन् २०१६ मा कुल मतमा हिलारी क्लिन्टनभन्दा पछाडि परेपनि ट्रम्प राष्ट्रपति पदमा निर्वाचित हुन पुगे । आम अमेरिकीले ट्रम्पको विजयलाई एक आश्चर्यको रुपमा लिन्छन् ।
सबैभन्दा वृद्ध उमेरमा अमेरिकी राष्ट्रपति निर्वाचित हुने व्यक्तिको रेकर्ड समेत ट्रम्पको नाउँमा छ । जिद्दी स्वभाव र अन्टसन्ट भाषणका कारण ट्रम्पले आफ्नो कार्यकालको दौरान अनेक किसिमका विरोधको सामना गर्नुपर्यो । उनी झुटा र गलत सूचना दिने नेताको रुपमा परिचित छन् । ट्रम्प रंगभेदलाई बढावा दिने नेता भएको आरोप समेत लाग्ने गरेको छ ।
‘अमेरिका फर्स्ट’
ट्रम्पको विदेश नीतिमा ‘अमेरिका फर्स्ट’ अर्थात् अमेरिका पहिलो भन्ने विषयले प्राथमिकता पाउने गर्दछ । अमेरिका पहिलो हुनुपर्ने मुद्दालाई चर्को रुपमा उठाउने ट्रम्पको कार्यकालमा विभिन्न अन्तर्राष्ट्रिय संघ/संगठनमा विवाद भयो । कतिपय संस्थाबाट अमेरिका पछि हट्नुमा समेत ट्रम्पको भूमिका रह्यो ।
ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग ३ पटक भेट गरे । कोभिड-१९ को विश्वव्यापी महामारीविरुद्ध सबैभन्दा सुस्त गतिमा काम गरेको र जनस्वास्थ्य विज्ञहरुको सल्लाह नमानेकोमा समेत ट्रम्पको आलोचना हुने गरेको छ ।
ट्रम्पले आफ्नो कार्यकालमा शक्तिको दुरुपयोग गरेको र सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गरेको विषयमा उठेका कानुनी प्रश्नहरुको समेत टुङ्गो लागिसकेको छैन ।
जो बाइडेन
जो बाइडेन अर्थात् जोसेफ रोबिनेट बाइडेन पूर्व राष्ट्रपति ओबामाको कार्यकालमा उप राष्ट्रपतिको जिम्मेवारीमा रहेका राजनितिज्ञ हुन् । डेमोक्रेट पार्टीको तर्फबाट राष्ट्रपतिको प्रतिस्पर्धी रहेका बाइडेनको जन्म सन् १९४२ मा भएको हो ।
बाइडेनले युनिभर्सिटी अफ डेलावरबाट स्नातकोत्तर र सिराकस युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर पास गरेका छन् । निकै लामो समय अमेरिकी सिनेटको फरेन रिलेसन कमिटीमा रहेर काम गरेका उनी त्यसको अध्यक्ष समेत बने । उनी सधैँ खाडी युद्धको विपक्षमा रहेपनि नेटोलाई युरोपमा बिस्तार गर्ने र युगोस्लाभ वारमा हस्तक्षेप गर्नेमा भूमिका निर्वाह गरे ।
बाइडेनलाई ट्रम्पको तुलनामा निकै उदार र शिष्ट नेताको रुपमा लिईन्छ । बाइडेनले यसअघि सन् १९८८ र सन् २००८ मा समेत डेमोक्रेटको तर्फबाट राष्ट्रपतीय उमेदवार हुने असफल प्रयास गरेका थिए । उनी राष्ट्रपति निर्वाचित भएमा सर्वाधिक वृद्ध उमेरमा अमेरिकी राष्ट्रपति हुने ट्रम्पको रेकर्डसमेत तोडिनेछ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस