मकवानपुरगढी गापाले रोक्यो बालविवाह
कानूनीरुपमा दण्डनीय र सामाजिकरुपमा समस्याको रहेको बालविवाह रोक्न गाउँपालिका आफैँले सक्रियता देखाएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आज बुधबार बालविवाह रोकेको हो । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको नेतृत्वमा गएको टोलीले गाउँपालिका—१ गुर्दुम डाँडामा भएको बालविवाह रोकेको गाउँपालिकाका कानूनी सहजकर्ता रामशरण शर्माले बताउनुभयो ।
बालविवाह गरेका किशोरको परिवारले बालविवाह रोकिदिन आग्रह गरेपछि गाउँपालिकाकी उपाध्यक्ष रुम्बा, वडा नं. १ का अध्यक्ष आइतसिं लो, गाउँपालिकाको महिला, बालबालिका शाखाकी प्रमुख मन्दिरा थापा, कानूनी सहजकर्ता रामशरण शर्मासहितको टोली सक्रिय भएको थियो ।
गाउँपालिकाका १८ वर्षीय किशोर र छिमेकी गाउँपालिका बकैया–४ की १७ वर्षीया किशोरीबीच भएको बालविवाह रोकिएको गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बताउनुभयो । बकैयास्थित आफन्तको घरमा गएको बेला बालविवाह गरेको खबर पाएपछि किशोरका परिवार तथा साथीहरुले किशोरलाई विवाह रोक्न सम्झाएका थिए । किशोरले नमानेपछि गाउँपालिकाकै पहलमा बालविवाह रोकिएको हो ।
बालविवाह गरेका किशोरीलाई मनोसामाजिक परामर्शका लागि हेटौंडास्थित सिविन बाल हेल्पलाइनको कार्यालयमा पठाइएको छ । किशोरीलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष रुम्बा आफैँ सिविन बाल हेल्पलाइनको कार्यालय पुग्नुभएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस