• जीवनशैली | Jiwanshaili
  • सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तुलाई प्राथमिकता दिनु पर्ने : मन्त्री गुरुङ


    ञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताउनुभएको छ ।

    राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले आज बुझाएको १२ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले संविधानको भावना र मर्मानुसार सञ्चारक्षेत्रलाई रुपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको तथा मिडियामा दलित सहभागिता र सरकारी अनुदानको विषयलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

    सङ्घका अध्यक्ष विनोद पहाडीले सरकारी सञ्चारमाध्ययमको नीतिगत र सम्पादकीय समूहमा दलितको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । सङ्घले दलित समुदायद्वारा सञ्चालित सञ्चारमाध्यमलाई राज्यद्वारा विशेष सुविधा प्रदान गरी दर्ता तथा नवीकरणलगायत कर मिनाहासम्मको नीति ल्याउनुपर्ने माग गरेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार