चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशित
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको छ ।
प्रसिद्ध चिनियाँ संस्कृतिकर्मी एवं तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित ‘चू याँ’ नामक नाटक देवेन्द्रराज अज्र्यालले चिनियाँबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।
उक्त नाट्यकृति तत्कालीन नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माका पालामा विसं २०१८ मा प्रथम पटक प्रकाशन भएको थियो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशी साहित्यका बहुमूल्य एवं उत्कृष्ट सिर्जनालाई नेपाली भाषामा रूपान्तरण गरी छाप्ने नीतिअन्तर्गत ऐतिहासिक र विशिष्ट महत्व बोकेको चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशन गरिएको बताउनुभयो ।
चिनियाँ सांस्कृतिक विशिष्टताले भरिपूर्ण उक्त नाटकले राष्ट्रभक्तिको विशिष्ट नमूना प्रस्तुत गरेको तथा वर्तमान सन्दर्भमा पनि नेपाली पाठकका लागि समेत उत्तिकै पठनीय र उपयोगी हुने उपकुलपति डा जगमान गुरुङले विश्वास व्यक्त गर्नुहभयो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पाठकको माग एवं बहुमूल्य र विशिष्ट महत्वका पूर्व प्रकाशित कृतिलाई पुनः प्रकाशन गरिँदै जाने बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस