चरेशसहित चार पक्राउ
काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट झण्डै दुई किलो चरेशसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गा पात्ले गाउँपालिका–९ घर भई काठमाडौँको तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ गुर्जुधारा बस्ने १७ वर्षीय किशोर लामा, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई काठमाडौँ तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् ।
विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको चरेशसहित उनीलाई पक्राउ हो । अभियुक्तलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस