बैंकिङ कसुर मुद्धाका फरार पक्राउ
यसैबीच बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पर्सा वीरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ वर्षीय सत्यनाराणप्रसाद रौनियारलाई काठमाडौँ रातोपुलबाट प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूरअन्तर्गत छुट्टाछुट्टै दुई मुद्धामा उच्च अदालत पाटनको विसं २०७५ चैत १० र विसं २०७६ फागुन २७ को फैसलाले ४५ दिन कैद र रु ७० लाख जरिवाना ठहर भई उनी फरार भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी फैसला कार्यानवयनका लागि आज जिल्ला अदालत पर्सामा पठाइएको जनाइएको छ ।
खातामा रकम नभएको जानीजानी उनले रु ७० लाखको चेक काटी बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस