सामुहिक बलात्कार आरोपित पक्राउ
सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ ।
राजविराजबाट विजुलीबत्तीको बिल तिरेर घर फर्किने क्रममा सामूहिक बलात्कार भएको भन्दै २६ वर्षीया पीडितले मण्डलसहित सोही ठाउँका तीन जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
पीडितले दिएको उजुरीका आधारमा आरोपित मण्डललाई पक्राउ गरी अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।
आरोपितहरुले करकापमा पारी आँप बगैचामा गत आइतबार सामूहिक बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पीडितको सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस