• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमित कलाकार गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै


    कोरोना भाइरस संक्रमण पुष्टि भएका हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको जनाइएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। हालको उनको आईसियूमा उपचार भइरहेको छ। संक्रमण पुष्टि भएयता उनी घरमै आइसोलेसन बस्दै आएका थिए।

    आफूलाई कात्तिक १० गते सोमबार कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार