पटका रोक्न सीमामा तालिम प्राप्त कुकुर प्रहरी परिचालन
तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारहरुबाट पटाकाहरु ल्याउन नदिन र सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिनुभयो । “
सीमाबाट पटाकाहरु भित्रिने सम्भावना रहने हुँदा हामीले हरेक दिन बिहान, दिउँसो र साझँ गरेर विभिन्न समयमा कुकुर परिचालन गरी जाँच गर्छौ”, प्रवक्ता थापाले भन्नुभयो, “ गड्डाचौकीनाकादेखि पुर्वी डोकेबजार सीमानाकासम्म परिचालन गरी कडाइ गर्छौ ।”
भारतसित सीमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो ।
यात्रुहरुलाई मात्रै नभई सवारीसाधनहरुमा पनि कुकुरको सहायताले प्रहरीले जाँच गर्नेछ”, उहाँले भन्नुभयो, “ चाडपर्व लक्षित सुरक्षा योजना समेत बनाएर ग्रामीण र सीमानाकासम्म प्रहरी खटिएको छ ।”..
जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट रु डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस