चालीस लाख नगदसहित एक जना पक्राउ
स्रोत नखुलेको रकम रु ४० लाखसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ब्यास गुप्ता पक्राउ परेका छन् ।
बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बुरामद गरिएको हो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।
यसैबीच, काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागूऔषध ब्राउन सुगरसहित तीनजना युवक पक्राउ परेका नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस