जुम्लामा आइतबारदेखि विद्यालय खुल्ने
जुम्लाको तिला गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने भएको छ । सो पालिकामा माध्यामिक तहमा विद्यार्थीको सङ्ख्याका आधारमा समूह विभाजन गरी प्रत्येक दिन ५० प्रतिशत विद्यार्थी कक्षामा सहभागी गराएर पठनपाठन गर्न लागिएको हो ।
कोरोना भाइरसका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालय खुल्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । गाउँपालिकाको यही कात्तिक १९ गतेको शिक्षा समितिको निर्णयले कात्तिक २३ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो । लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दुरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताउनुभयो ।
राजमार्गका पुल निर्माण पूरा नहुँदा समस्या
कर्णाली राजमार्गका पक्की पुल निर्माण पूरा नहुदाँ यात्रुलगायत सवारी साधानका चालकलाई सास्ती भएको छ । सो सडकको दैलेख र कालीकोट खण्डका ७ पुलको निर्माण अझै पूरा नहुँदा यात्रुले वर्षेनी सास्ती भोगिरहेका छन् । सडक डिभिजन कार्यालयका जुम्लाका अनुसार कालिकोटमा ३ र दैलेखमा ४ पुलको निर्माण अझै पूरा भएको छैन । दैलेखको पाल्तडामा खोला नै नभएको ठाउँमा पुुल बनेको छ । जहाँबाट कर्णाली करिडोर जाने बाटो छुट्टिन्छ । कालीकोटको तिलागुफा–८ स्थित टाकुल्लाखोलामा पुल निर्माणको काम ७ वर्षदेखि अलपत्र छ । दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र परेको डिभिजन प्रमुख लीला भण्डारीले बताउनुभयो ।
“दैलेखको घट्टेखोला, राकमखोला, जाक्सीखोला र सेरिघाटखोला पुल पनि ठेकेदारको लापरवाहीले अलपत्र परेका छन् ।” उहाँले भन्नुभयो, “सेरिघाटस्थित तिला नदीमा नेपाली सेनाको निर्माण कार्यदलले १५ वर्षअघि निर्माण गरेको बेलीब्रिज जीर्ण बनेको छ । १० वर्षसम्म प्रयोग गर्न मिल्ने भए पनि उक्त पुल विस्थापित नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।”
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस