ग्वाटेमालामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ५० पुग्यो : राष्ट्रपति
ग्वाटेमालामा आएको इटा नामको समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको छ ।
ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तिब्र बनाइएको बताउनु भएको छ ।
उहाँले बिहीबार अबेर आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा भन्नुभयो, “दुर्भाग्यबस, आजै चार जनाको मृत्यु भएको छ, र मृत्यु हुने व्यक्तिको संख्या ५० पुगेको छ ।”
राष्ट्रपति जियामाटीले आँधी प्रभावित क्षेत्रबाट अझै एक हजार ५०० भन्दा बढी व्यक्तिलाई तत्काल उद्धार गर्नु पर्ने अवस्था रहेको जनाउँदै तर यी क्षेत्रमा नदीको बहाव र सतह बढेकाले उद्धारमा कठिनाई भइरहेको बताउनुभयो ।
जलवायु प्रक्षेपणहरुले ग्वाटेमालामा आगामी ४८ घण्टामा भारी वर्षा हुने जनाएका छन् । देशका नौ वटा सरकारी निकायहरुले यसअघि नै आपतकाल घोषणा गरिसकेका छन् ।
ईटा नामको समुद्री आँधी हाल होन्डुरसतर्फ अघि बढ्दै क्यारेबियन क्षेत्रतर्फ लागेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस