• जीवनशैली | Jiwanshaili
  • सञ्चालन आउने तयारीमा रहेको सुर्खेत बसपार्कमा पुनः विवाद


    निर्माण सम्पन्न भएको एक वर्षपछि देखिएको छ ।

    बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि तयार पारिएका सटरको भाडादरको विषयलाई लिएर किचलो शुरु भएको हो । बसपार्क व्यवस्थापनको जिम्मा पाएको पिआर कन्ट्रक्सनले बजार दररेट भन्दा चौगुना महंगो भाडादर तोकेपछि व्यवसायीले विरोध गरेका हुन् । व्यवसायीले वीरेन्द्रनगर नगरपालिकासमक्ष तत्काल भाडादर सच्याउन माग गरेका छन् ।

    पिआर कन्ट्रक्सनले प्रति सटर मासिक रु ३० हजारदेखि ५० हजारसम्म भाडादर तोकेको छ । बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि विपरित ठेकेदार कम्पनीले एकपक्षीय रुपमा भाडादर निर्धारण गरेको भन्दै टोल विकास समितिले उक्त भाडादर खारेजीको माग गरेको छ । व्यवसायीले मासिक रु. पाँच हजारदेखि १५ हजारसम्म भाडा दर तोकिनुपर्ने माग राखेका छन् । पिआर कन्ट्रक्सनले नगरपालिकालाई मासिक रु ३१ लाख १५ हजार भाडा तिर्ने गरी बसपार्क सञ्चालनको जिम्मेवारी पाएको थियो । बसपार्क टोल विकास समितिका अध्यक्ष इन्द्रबहादुर थापाले बजारमा प्रचलित मूल्यभन्दा चार गुना बढी महंगो भाडादर कायम गरिँदा विरोध गर्नुपर्ने बताउनुभयो ।

    “चलनचल्तीको दरभन्दा चार गुना महँगो भाडादर तोकेपछि व्यापारी बस्न सक्ने अवस्था आउँदैन”, उहाँले भन्नुभयो, “तत्काल भाडादर हेरफेर नगरे बसपार्क सञ्चालनमा आउन दिँदैनौं, ठेकेदार र नगरपालिकाले हाम्रो माग सुनुवाइ नगरे अदालत जान बाध्य हुनेछौं ।

    ” २.८ मिटर चौडाई तथा चार मिटर लम्बाई गरी ११ वर्गमिटर क्षेत्रफल भएका साना सटरको मासिक भाडादर रु ५० हजार तोकिनु आपत्तिजनक भएको उहाँको भनाइ छ । सुर्खेत वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले मनोमानी भाडादर तोकिनु उपभोक्ताको हितविपरीत भएको औंल्याउनुभयो । उहाँले टेण्डर रद्द गरी भाडादर नसच्याए कानूनी उपचारका लागि व्यवसायी अदालत जाने बताउनुभयो ।

    नगर विकास कोषको ऋण सहयोगमा बनेको पक्की संरचनासहितको सिटी बसपार्कमा साना–ठूला गरी १२० बस अटाउने क्षमता छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार