काठमाडौँका सार्वजनिकस्थलमा निःशुल्क भोजन नगराइने
खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ । खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मानिसलाई एकै ठाउँमा भेला गर्नुभन्दा आवश्यक भएका ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गर्नुपर्ने बताए । प्रमुख शाक्यले बन्दाबन्दीका समयमा महानगरले एक लाख ५० हजार परिवारलाई राहतस्वरुप राशन वितरण र दुई लाख ५० हजार व्यक्तिलाई निःशुल्क भोजन गराएको पनि स्मरण गराए ।
“दाताहरुले खाना खुवाएकामा हाम्रो विरोध होइन, खाना खानेहरुको स्वास्थ्य सुरक्षासम्बन्धी चासो भने अवश्य हो, खुला मञ्चको साटो पार्टी प्यालेसतिर व्यवस्था गरौंँ । यसका लागि आवश्यक पर्ने थप खर्च कामपा पनि व्यहोर्न तयार छ”, प्रमुख शाक्यले भने ।
उक्त छलफलमा निःशुल्क भोजनको व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियशन एशोसिएशन, लायन्स क्लब अफ काठमाडौँ, न्यु ग्रीन सिटी, सेफ्स एशोसिएशन अफ नेपाल, हाम्रो सानो प्रयासलगायत सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस