• जीवनशैली | Jiwanshaili
  • चितुवाको आक्रमणबाट निधन


    डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ ।

    भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । यसअघि करीब २० वर्ष पहिले अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार