• जीवनशैली | Jiwanshaili
  • पछिल्लो २४ घण्टामा नेपालमा २५७१ जना नयाँ संक्रमित,१८ जनाको मृत्यु


    पछिल्लो २४ घण्टामा नेपालमा २५७१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५७१ जना नयाँ संक्रमित थपिएका हुन् ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ रहेको छ । संक्रमित मध्ये एक लाख ५९ हजार ७२४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १७९८ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार