• जीवनशैली | Jiwanshaili
  • गरगहना लुटेको अभियोगमा दोषी ठहर,बाह्र वर्ष जेल चलान


    बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् ।

    अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् ।

    तामाङले २०७३ साल भदौ २७ गते साँझ नुवाकोटको लिखु गाउँपालिका–३ सूर्यमतीका निर्मला राईको नगद रु एक लाख र उनले लगाएको करिब रु पाँच लाख मूल्य बराबरको गरगहना चोरी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेको थियो ।

    जिल्ला अदालतले २०७३ साल फागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनी चोरी’ मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष दुई महिना जेल र रु एक लाख २२ हजार १६० जरिवाना तोकिएको थियो ।

    अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका उनलाई विशेष सुराकीको आधारमा नुवाकोट प्रहरीले काठमाडाँैबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि सोमबार नुवाकोट जिल्ला अदालतमा बुझाएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार