आज मंगलबार शेयर काराेवार उकालाे
आज मंगलबार नेप्से २५.९८ अंकले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ विन्दुमा कायम भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलबार १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर मात्र घटेको छ ।
साल्ट ट्रेडिङ कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने विशाल बजार कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ४.६१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमाको २८ करोड ५३ लाख ३२ हजार १ सय ५१ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
नेप्सेका अनुासर आज कूल १९६ वटा कम्पनीको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँको कारोबार भएको छ ।
आज जलविद्युत समूह ०.६८ अंक र म्युचुअल फण्ड ०.०२ अंकले घटेका छन् भने बाँकी अरु सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी लगानीकर्ताहरु बीमा समूहमा झुम्मिएका छन् । जीबन बीमा समूह ४७६.३६ अंक र निर्जीवन बीमा समूह १६०.४ अंकले बढेका हुन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस