• जीवनशैली | Jiwanshaili
  • सामाजिक दूरी राख्दै कसरी रमाउने ?


    कोरोना भाइरसको महामारीले सबैलाई त्रासमा राखेको छ। समूह बनाएर खेल खेल्ने बालबालिकालाई अझ यसले झनै प्रभाव पारेको छ। कोरोनाका कारण विद्यालयहरु पनि बन्द भएकाले बालबालिका घरमै सीमित रहनु परेको छ। जसले गर्दा अभिभावकलाई आफ्ना बालबालिकाको चिन्ताले सताइ रहेको देखिन्छ।

    सामाजिक दूरी राख्दै कसरी रमाउने भन्ने बारे धेरै अभिभावकले सोचिरहेका हुन्छन्। अतः यहाँ तल दिएका बुँदा अनुसार मानिसले सामाजिक दूरी कायम गर्दा समेत रमाउन सक्छन्ः

    * खेलस्थलजस्ता स्थानमा नजानुहोस्, तर बाहिर निस्कनुहोस् र प्रकृतिमा आनन्द लिनुहोस्। हिँड्नुहोस् वा साइकल चलाउनुहोस्।

    * इन्टरनेटमा साथीहरू र परिवारका अन्य सदस्यहरूसँग सम्पर्क राखिरहनुहोस्।

    * बालबालिकालाई चित्रकलाजस्ता सिर्जनात्मक काम गर्न दिनुहोस्।

    * चित्रकलाजस्ता सिर्जनात्मक काममा बालबालिकालाई प्रोत्साहन गर्न विज्ञहरूले सुझाएका छन्।

    टोरन्टो विश्वविद्यालयकी एन्जेला पाइलका अनुसार बालबालिकालाई आफ्नो कल्पनाशीलता प्रयोग गरेर मनलाग्दो खेल्न दिनु महत्त्वपूर्ण हुन्छ।

    ‘बालबालिकाहरू कल्पना गरिएका अवस्था र ठाउँमा खेलिरहेका हुन्छन् र त्यस्तो खेलका लागि उनीहरूका साथीहरूसँग स्काइपजस्ता माध्यमबाट खेल्न सक्छन्।’

    सामाजिक दूरी बनाउन आग्रह गरिएको आफ्नो शहरमा सात वर्षीया छोरीसँग खेल्न पाइनले विभिन्न प्रयोग गरेकी छन्।

    ‘हामी घरमै खेल्छौँ, घुम्न बाहिर निस्कन्छौँ, साइकल चलाउँछौँ र अन्य त्यस्तै खेल खेल्छौँ जसका लागि खेलस्थलमा जानु पर्दैन र अरू मानिसहरूको सम्पर्कमा पनि आउनु पर्दैन।’


    क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार