• जीवनशैली | Jiwanshaili
  • नदीमा डुबेर एक जनाकाे मृत्यु


    म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ ।

    म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो । सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए ।

    जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार