अपाङ्गता भएकालाई घर निर्माण
प्युठानको माण्डवी गाउँपालिका–३ नयाँगाउँका अपाङ्गता भएका दम्पती एकराज र रेश्मा अधिकारीका लागि घर निर्माण कार्य शुरु गरिएको छ । लामो समयदेखि भाइले दिएको दुई कोठे ओसारीमा बस्दै आएका अधिकारी दम्पतीका लागि नयाँ घर निर्माण थालिएको हो ।
वडा नं २ मर्काबाङ्ग ढाडका सामाजिक अभियानकर्मी हरी बस्नेतको नेतृत्वमा विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन गरी घर निर्माण कार्य शुरु भएपछि अधिकारी परिवार खुशी भएका छन् ।
अधिकारी परिवारको आर्थिक अवस्था कमजोर भएकाले अभियानकर्मी बस्नेतले विभिन्न संघसंस्था र व्यक्तिबाट अहिलेसम्म रु तीन लाख सङ्कलन गरी निर्माण शुरु गरिएको हो । घर निर्माणमा आवश्यक पर्ने जस्तापाता, ग्रिल, पेन्ट, शौचालयका लागि आवश्यक सामाग्री, विद्युत्लगायत अन्य सामग्री विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गर्नुभएको छ ।
तीन कोठासहित शौचालय निर्माणका लागि गाउँपालिकाका इन्जिनियरले करिब रु छ लाखको लागत स्टिमेटको योजना बनाइएको अभियानकर्मी बस्नेतले बताउनुभयो । अधिकारी दम्पतीका दुई छोरा र एक छोरी छन् ।
दुवै अभिभावक बोल्न नसक्ने भएपछि परिवारमा आर्थिक समस्या छ । मङ्सिर महिनाभित्रै निर्माण सम्पन्न गरी अधिकारी परिवारलाई घर हस्तान्तरण गर्ने बस्नेतको योजना छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस