• जीवनशैली | Jiwanshaili
  • बिहानै कलंकीमा दुर्घटना : तीन जनाको मृत्यु, एक गम्भीर घाइते


    काठमाडौंको कलंकीमा आज (बिहीबार) बिहानै रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

    दुर्घटनामा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार मृत्यु हुनेमा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन। दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार