उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ ।
चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो ।
प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तस्राव नरोकिएका कारण उहाँको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिनुभयो । उहाँले जन्माउनुभएको नवजात शिशुको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
मृतकका दुई छोरी तथा एक चार दिनको छोरा छन् । मृतकको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस