आज बिहीबार शेयर काराेवार उकालाे
साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १० दशमलव ८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३।२७ अंकले बढेको छ । योसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब २५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
दिनभर भएका ४९ हजार २ सय ७८ कारोबारबाट १ सय ९८ कम्पनीक १ करोड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक तथा कारोबार रकममा समेत वृद्धि देखिए पनि धेरै लगानीकर्ताहरुले गुमाएका छन् । नेप्सेमा कारोबार हुने बैंकिङ उपसमूह १०।२१ अंकले बढेको छ भने व्यापार १६४।७१ अंकले बढेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस