• जीवनशैली | Jiwanshaili
  • पत्रकारमाथिको हमलाको राष्ट्रसंघीय प्रमुखद्धारा निन्दा


    संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले पत्रकारहरुमाथि हुने गरेको हमलाको कडा रुपमा निन्दा गर्नुभएको छ ।

    उहाँले यसरी प्रेसमाथि भएको हमलाको निन्दा गर्दै यस्तो हमला तत्कालै रोकिनुपर्ने बताउनुभयो । साथै उहाँले यसरी पत्रकारलाई हमला गर्ने तथा हत्या गर्ने व्यक्तिहरुमाथि कानुन बमोजिम कडा कारबाही गर्न पनि माग गर्नुभएको छ ।

    महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै सो कुरा बताउनुभएको हो ।उहाँले पत्रकारको हत्या गर्ने व्यक्तिलाई कडा कारबाही नगर्दा यसबाट दण्डहीनता बढेको र जसका कारण पत्रकारको हत्या नरोकिएको पनि बताउनुभएको छ । सो विज्ञप्तिका अनुसार सन् २०१८ देखि २०१९ सम्मको अवधिमा युनेस्कोले दिएको एक तथ्यांकमा ६७ जना पत्रकारको हत्या भएको थियो ।

    ती पत्रकारहरुको हत्या सशस्त्र द्धन्द्ध भएका देशमा यसैसँग सम्बन्धित घटनाका कारण भएको पाइएको थियो । युनेस्कोले दिएको जानकारीमा तीमध्ये २३ जना पत्रकार त युद्धको समाचार संकलनकै क्रममा ज्यान गएको थियो ।

    कतिपय पत्रकारलाई युद्धको समाचार संकलनका क्रममा हत्या गर्ने गरिएको पाइएको छ भने कतिपयलाई भने युद्धका नाममा हत्या गर्ने गरिएको छ भन्दै महासचिव गुटर्रेसले जे जस्तो गरेर भए पनि पत्रकारको हत्या गर्ने गरिएकोले हत्यामा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार