• जीवनशैली | Jiwanshaili
  • आगलागीमा ६ घर जलेर नष्ट, १५ लाखको क्षति


    सिरहाको भगवानपुर गाउँपालिका १ सिनुरियामा आगलागी हुँदा रु १५ लाख भन्दा बढीको क्षति भएको छ ।

    विद्युत प्रवाहमा समस्या आई गएराति आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपती साहको घर सहित अन्नपात, फर्निचर लगायतका समान जलेर भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट करिब रु १५ लाख भन्दाको क्षति भएको प्रहरीको भनाई छ । लहान नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाएको छ ।

     

    साथै सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहिस्थित मुखिया टोलमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् ।

    स्थानिय बतही देवी मुखियाको घरबाट सुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर आज दिउसो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

    सो आगलागीबाट घरमा रहेको सरसामान विभिन्न,खाद्यन्न,लत्ताकपडा ,गरगहना लगायत जलेर नष्ट भएको छ । आगलागीमा करिब रु १४ लाख रुपैँया बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

    केटाकेटीले पड्काएको पटाकाले लागलागी भएको प्रहरीको भनाइ छ । आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार