घरमा आगलागी,नौ लाख बराबरको क्षति
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ ।
स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । तिहारमा पड्काइएको पटकाबाट आगलागी शुरु भएको थियो ।
स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । यस्तै आज बिहान विद्युत् चुहिएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा धनराज लिम्बूको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस