नेपाल संवत् ११४१ शुरु
नेपाल संवत् ११४१ आजबाट सुरु भएको छ । काठमाडौँ उपत्यकाका साथ नेवार समुदायको बाहुल्यता रहेको स्थानमा नेपाल संवत् मनाउने गरिन्छ ।
इतिहास विज्ञहरुकाअनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो। त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए। अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ। अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए ।
तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई यसले अनैतिक व्यापार गरेको छु भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले ।
पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊु भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सम्वत् चलेको भनाइ छ ।
ुनेपाल सम्वत्ुलाई सन् २००७मा बिपी कोइरालाको मन्त्रीपरिषदबाट नेपालको राष्ट्रिय सम्वत्का रूपमा घोषित गरिएको छ । नेपाल सम्वत् औपचारिक कामकाजमा प्रयोग गरिँदैन । नेवार समुदायमा चाड पर्व, रीतिथिति लगायत जन्म दिन जस्ता धार्मिक सांस्कृतिक कार्यमा नेपाल सम्वत्को चन्द्रमासिक गणनाको प्रचलन रहेको छ ।
विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
हरेक वर्ष नेपाल संवत् म्हपूजासहित धूमधामका साथ मनाउने गरिएकोमा यस वर्ष कोरोनाका कारण घरमै बसेर सामान्य रुपमा मनाइँदैछ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस