• जीवनशैली | Jiwanshaili
  • भाईटिकाकाे दिन रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा जे देखियाे (फाेटाेफिचर)


     

    भूकम्पले क्षतिग्रस्त रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा पाँच वर्षपछि चहलपहल देखिएको छ ।

     

    पुनःनिर्माण सम्पन्न भएसँगै यस बर्षको भाईटिकामा बालगोपालेश्वर मन्दिर चहलपहल बढेको हो ।

    वर्षमा एकपटक आजैका दिन भाईटिकामा मात्र खुल्ने गरेको यो मन्दिरमा पाँच बर्ष पछि आज सर्वसाधारणले दर्शन गर्न पाएका हुन् ।

    दाजुभाइ नहुनेले रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने पराम्पराका कारण पनि आजको दिनमा यहाँ आउनुको विशेष महत्व रहेको छ ।

    विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

    यस वर्ष केहि नेवार समुदायले भोलि पनि टीका लगाउने भएकाले मन्दिर सोमबार र मंगलबार दुबै दिन खुल्ने बताइएको छ ।

     


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस