• जीवनशैली | Jiwanshaili
  • देशभरको न्युनतम तापक्रम घट्दै, आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह


    मंसिर ०३ गते (बुधबार)

    आज दिउँसो प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको भूभाग, बाँकि पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

    यस्तै, राती भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    हाल सुदूरपश्चिमको पहाडि भूभागमा आंशिक बदली र यसको तराई भूभागमा हुसु र कुहिरो लागेको छ बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    साथै, देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार