• जीवनशैली | Jiwanshaili
  • वीर अस्पतालका चिकित्सकहरुको ३१ औंं दिन पनि आन्दोलन जारी


     

    विभिन्न माग राख्दै वीर अस्पतालका चिकित्सकहरुको आन्दोलन कात्तिक २ गतेबाट शुरु भएको आन्दोृलन ३१ औंं दिन पनि जारी रहेको छ ।

    कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले आज ३१ औं दिन आन्दोलन जारी राखेका हुन् ।
    आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधा समेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् ।

    कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काम सरकारले गरेको उनीहरुको आरोप छ ।
    चिकित्सकहरुले विरामीहरुको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडी बढाएका छन । माग पुरा नभए बिहीबारबाट थप कडा आन्दोलन गर्ने चेतावी पनि उनीहरुले दिएका छन् ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार