छठपर्व शुरु भएसँगै डोम समुदायमा खुशियाली
छठपर्व शुरु भएसँगै डोम समुदायमा खुशियाली छाएको छ । बाँस र बेतका चोया बनाउने व्यस्ततासँगै उनीहरुमा खुशियाली देखिएको हो ।
यो समुदायले बेत बाँसबाट बनाउने विभिन्न भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएकाले उनीहरुमा खुशी छाएको हो । अहिले बजारमा आपूर्ति गर्न भ्याइनभ्याई भएको मिथिला नगरपालिका–१ नक्टाझिजका सञ्जय मरिकले बताउनुभयो । गाँसबाँस र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेकोमा यो पर्व आउनासाथ कात्तिक महिनाभर आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य मिल्ने गरेको सञ्जयले बताउनुभयो ।
छठ पर्व मनाउने प्रत्येकले छठ माता तथा सूर्यदेवतालाई बाँस र बेतबाट नै निर्माण गरिएको डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिने चलन छ । प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले अहिले सो समुदायको आम्दानी राम्रो हुने गरेको छ । अहिले सो समुदाय जनकपुरलगायत विभिन्न ठाउँमा डालो, नाङ्लो र टालु टपरीलगायत सामान बिक्री वितरणमा व्यस्त देखिएका छन् ।
महोत्तरीको औरही नगरपालिका–१ का ४५ वर्षीय बिन्दी मरिक डोमले छठ पर्व आजदेखि नै विधिवत् शुरुआत हुने भएको हुँदा बाँसको चोयाबाट बनाएका सामग्री गाउँ गाउँसम्म पु¥याउन भ्याइनभ्याई भएको बताउनुभयो । छठ मनाउने वृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाएको ती सामग्री सबैलाई पु¥याउन पहिलेभन्दा बढी खटिनु परेको मरिकले बताउनुभयो । उहाँले भन्नुभयोे, “व्यापार राम्रो भइरहेकोले यसपाली राम्रो आम्दानी हुने आशा छु ।”
अरु बेला सो समुदायले सुङ्गुर, बङ्गुरपालन गरेर जीविकोपार्जन गर्ने र बेला बेलामा बाँसको सामग्री बनाएर बेच्ने गर्छन् । यो समुदायले पुस्तौदेखि यहीँ पेशाबाट परिवारको गुजरा गर्दै आएको छ । एउटा बाँसको अहिले बजारमा २२५ देखि ३०० सम्म पर्छ । बिन्दीले तयार पारेका बासको सामग्रीको मूल्य रु ३०० देखि एक हजार ५०० सम्म पर्ने गरेकोे छ । बनाएका बाँसका सामग्री बेच्न सो समुदायले विभिन्न बजार र छुट्टाछुट्टै गाउँ छुट्टयाइएको छ ।
मुख्य चाडको रुपमा रहेको छठ पर्व नै यस्तो पर्व हो जसमा समुदायमाका विभिन्न वर्गले उत्पादन, निर्माण र तयार पारेका सामग्रीको प्रयोग गरिन्छ । अरु बेला दलित, पानी नचल्ने जात भनेर हेलामा पारिने सो समुदायको घरमै गएर पनि छठ पर्व मनाउनेले बाँसको भाँडाकुडा बनाउन अग्रिम भुक्तानी दिन्छन् । तराई क्षेत्रमा यो पर्व हिन्दुले मात्र होइन, गैरहिन्दुलेसमेत मनाउने गरेका छन् । त्यसैले यो सबै भाषाभाषी, जातजातिको साझा पर्वको रुपमा विकसित भइरहेको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस